कोरोना भाइरको भारतीय भेरियन्ट विश्वव्यापी रुपमा चिन्ताको विषय : डब्ल्यूएचओ
  • प्रमुख खबर

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरको भारतीय भेरियन्ट विश्वव्यापी रुपमा चिन्ताको विषय बन्न पुगेको बताएको छ । प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट बी–१६१७ अरु भेरियन्ट भन्दा तीव्र गतिमा फैलने देखिएको र यो विश्वकै लागि चिन्ताको विषय भएको बीबीसीले जनाएको छ ।

भारतीय भेरियन्ट अहिले ३० भन्दा धेरै देशहरुमा फैलिसकेको डब्ल्यूएचओले जनाएको छ । भारतमा कोरोनाको दोस्रो लहर आउनुमा भारतीय भेरियन्ट मुख्य कारक रहेको भारत सरकारले पनि बताइसकेको छ ।भारतमा कोरोना संक्रमण पुष्टि र मृत्युदर दुवै बढी हुँदा स्वास्थ्य प्रणालीमा नै ठूलो समस्या देखिएको छ ।

डब्ल्यूएचओका अधिकारीहरुले अहिलेसम्म पाइएका प्रमाणका आधारमा उपलब्ध खोपहरु भारतीय भेरियन्टको विरुद्धमा प्रभावकारी हुने बताएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्