पेट्रोलियम प्रदार्थको मूल्य फेरी बृद्धी
  • प्रमुख खबर

पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यराति देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा पनि ३ रुपैयाँ बढेको छ । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

यस्तै, निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्