घेरो’ नाटक इजिप्टमा मञ्चन हुँदै, नौजना नेपाली कलाकार जाने
  • प्रमुख खबर

लोक नाटक ‘घेरो’ इजिप्टमा मञ्चन हुने भएको छ।​ इजिप्टकझ लक्सर शहरमा हुने ‘द इन्टरनेशनल थियटर फेस्टिभल फर साउर्थन युथ’को छैठौं सत्रमा उत्कृष्ठ १३ अन्तर्गत नाटकले भाग लिँदै छ।  शुक्रबार ‘घेरो’ नाटकको टोलीले पत्रकार सम्मेलन गर्दै उक्त नाटकका लागि ९ सदस्य कलाकार मार्च १३ मा इजिप्ट प्रस्थान गर्ने जानकारी दियो।नाटकलाई पौडेलले लेखेका हुन् भने कपिल शर्माको निर्देशन रहेको छ। विनोद पौडेल– मादल, रेम रसाइली – पुछारे कान्छा, ज्योति हमाल – पुछारे कान्छी, कपिल शर्मा – झाँक्री र भैंसी, निलम तामाङ – फुरुमैं, रामहरि अधिकारी – डाँडाघरे, अनिल तिमिल्सिना – ढाकामोहनका रुपमा रहेका छन्।प्रकाश परिकल्पना विभु भुषालको रहेको छ भने प्रकाश व्यवस्थापन दिपेन्द्र पौडेलको रहेको छ।

नाटकको मञ्च परिकल्पना सरोज अर्यालले गरेका हुन्। नाटक इन्द्रेणी थिएटरले उत्पादन गरेको हो । कार्यक्रममा इजिप्टका लागी नेपालका कार्यबाहक राजदुत दिपक घिमिरेको पनि सहभागिता रहने पौडेलले बताए।उक्त कार्यक्रम मार्च १४ देखि मार्च २१ सम्म हुने नाटकमा लेखक केदार पौडेलले जानकारी दिए।इन्द्रेणी थिएटरले उत्पादन गरेको उक्त नाटक नेपाली समाजमा कुरीतिहरुले पारिरहेको असरको विषय समेटीएको छ। ‘नेपाली समुदायबाट लोप हुँदै गएको वालन शैलिमा यसलाई प्रस्तुत गरिएको छ । एउटा साधारण, सामान्य घटनाको गलत बुझाईले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तित्वहरुले कसरी त्यसको फाईदा उठाउँछन् भन्ने विषयवस्तु नाटकमा देख्न पाईन्छ र सजिलैसंग बुझ्न पनि सकिन्छ । वालन शैलिलाई प्रयोग गरिएको, भजनबाट कथावाचन गरिने र गण्डकी प्रदेशको वोलिचालि तथा लवज नै नाटकका वलिया पक्ष हुन्’, पौडेलले भने।उक्त नाटक यसअघी नेपालका विभिन्न क्षेत्र, भारत तथा साउथ कोरियामा मञ्चन भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्