सगरमाथा आरोही दिया पुन लाई शुभकामना
  • प्रमुख खबर

तिर्थ के सी                                                        पुन समाज नेपाल केन्द्रीय समितिले बिश्वको सर्वोच्च शिखर सगरमाथा आरोही नायिका दिया पुन लाई एक कार्यक्रम का बीच सम्मान तथा शुभ कामना कार्यक्रम को आयोजना गरेको छ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेकी दिया पुन ले”बिश्व मा कोभिड महामारीले आक्रान्त भएको  देख्दा  युकेमा आफू कार्यरत अस्पतालमा समेत च्तारिती शो समेत गरेको  बताईन् ।आफिइ लाई  समाज सेवा गर्न पाउदा औधी खुशी लाग्ने बताउदै पोखरामा अवस्थित यक बाल गृह लाई  पठन पाठन र आवासको निम्ति  समेत च्यारिती सि गरेको जानकारी दिइन। यस क्षेत्रमा खासगरी  महिलाको सङ्लग्नता कम र  बिश्व कीर्तिमानी निर्मल पुर्जाको उक्साहत ले नै हिमाल आरोहन गर्ने लालसा पलायको  बताइन।उसो त उनले यस अघि नै  अर्जेन्टिना को अकम्बा हिमाल र नेपाल कै मनास्लु हुमाल समेत सफलता पूर्बक आरोहण  गर्व्की छन।

हाल युके निवासी  क्याप्टेन  उमेस पुन र रुपा पुनका तीन सन्तान मध्य उनी चाहि ठुली  हुन। उनका बुवाले समेत म्याग्दी जिल्लाको सिक्तानी गाउँ मा  कृषि र शैक्षिक बिकासका निम्ति  १करोड रुपियाँ को अक्षय कोस  खडा गरिदियका छन। सो कार्यक्रम मा पुन समाज नेपाल का वरिष्ठ उपाध्यक्ष समेत रहेका पूर्ण  गर्बुजा पुन ले  पुन समाजको झणडा  सगरमाथा मा फहराउन हस्तान्तरण गरेका थिए । उक्त  झणडा  सगरमाथा को शिखरमा फहराउने आरोहीले  प्रतिबद्धता प्रकट गरिन।

यही महिना अप्रिल को ४गते  तिर उनी आरोहण लाई  त्यस तर्फ लाग्ने छिन। अनुमानित लाग्ने कुल पैतीस लाख रुपैयाँ  उनकै परिवारले  लगानी गर्ने बताइन। नेपाली  चलचित्रमा समेत जम्दै गरेकी  नायिका दियाले  बीर बिक्रम ,मिस्टर  झोले ,ह्याप्पी डेज र दयारानी जस्ता ठूला पर्दाका चलचित्रमा समेत नायिकाको भूमिका निर्बाह गरिसकेकी छिन। उनी द्वारा अभिनित पछिल्लो  चलचित्र मन्त्रको छायांकन पूरा भै  आगामी बैशाख  मह्ना तिर प्रदर्शन  हुने तर्खरमा छ। उक्त शुभकामना कार्यक्रम मा समाज का शिक्षा  बिभाग  प्रमुख नन्द गर्बुजा ,भाशा सङ्स्कृति बिभाग  प्रमुख  याम पुन ले समेत बोल्नु भएको  थियो। त्यस्तै  पुन समाज पोखरा की अध्यक्ष  राजकुमारी पुन र गुरुङ  चलचित्र का महा नायक तारा बहादुर गुरुङले  समेत बोल्नु भएको  थियो ।

पुन समाज युके , ढुंगेपातन पुन समाज  ,बैदाम पुन समाज र  सिक्तानी समाज लगायतले पनि खादा र पुष्प माला अर्पन गरेर सफल आरोहण को कामना गरेका थिए । पुन्समाज नेपाल का बरिस्ठ  उपाध्यक्ष  पूर्ण  बहादुर गर्बुजा पुनको   सभापतित्वमा सम्पन्न  कार्यक्रम को सन्चालन महासचिव  खिमन सेर्पुजा पुन र स्वागत भाशन कास्की अध्यक्ष  क्या .बल बहादुर तिलिजा पुनले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्