पूर्व संचारकर्मी रवि लामिछानेद्धारा राष्ट्रिय स्वतन्त्र पार्टी नामक नयाँ राजनीतिक दलको घोषणा
  • प्रमुख खबर

पोखरा ।

पूर्व संचारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी नयाँ राजनीतिक दलको घोषणा गरेका हुन् ।

उनले आफ्नो राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी भनेर नामकरण गरेका छन् । उनको यस पार्टीले कुनैपनि भातृसंगठन नबाउने र पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै हुने बताएका छन् ।

त्यस्तै लामिछानेको यस राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्बन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने पनि जानकारी दिएका छन् । दल घोषणाको क्रममा उनले उद्योगी व्यवसायीहरुसंग कहिले पनि चन्दा नमाग्ने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्