भद्रपुरका लागि उडेकाे बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन : काठमाण्डाै अवतरण
  • प्रमुख खबर

काठमाडौं ।।

भद्रपुरका लागि उडेकाे बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो। काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्