श्री शिव सरस्वती माध्यमिक विद्यालयको आयोजनामा एक हप्ते विज्ञान प्रयाेगात्मक कार्यशाला सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।
तनहुँको दक्षिण बेल्ट मा अबस्थित रिसिङ गाउँ पालिका वडा नम्बर ८ स्थित श्री शिव सरस्वती माध्यमिक विद्यालयमा एक हप्ते विज्ञान प्रयाेगात्मक कार्यशाला सम्पन्न भएको छ । विद्यालयकाे विज्ञान डिपार्टमेन्ट काे अायाेजनामा विद्यालय मा रहेको क्रियटीभ साईन्स फाेरम मा रहेका विद्यार्थीहरूकाे सकृय सहभागीतामा उक्त कार्यशाला सम्पन्न भएको विद्यालयका विज्ञान डिपार्टमेन्ट प्रमुख नारायण प्रसाद पाेख्रेलले जानकारी दिनुभयाे।

कार्यशलामा विद्यार्थीहरूले ,भ्याकुम क्लिनर ,राेबट,वासिङमेसिन,मिक्सर,पङ्खा,पानी जहाज ,हाईड्राेलिक डाेजर,लिफ्ट ,पुल,ए टियम मेसिन,Wind mill, लगायतका विभिन्न  ४0 सामाग्री तयार पारेका थिए । तयार पारिएका सामाग्रीहरू कतिपय विद्यालयमा विभिन्न काममा प्रयोगमा ल्याईने र कतिपय विद्यालयमा शैक्षिक सामाग्रीकाे रूपमा प्रयोग गरिने विद्यालयका साहायक प्रधानध्यापक लिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्ता किसिमका कार्यक्रमले विद्यार्थीलाई विज्ञान विषयप्रति रूचि जगाउने तथा विद्यार्थीले एक हप्ता सम्म गरेको मेहनत ले बनाएका सामाग्री अनुगमन गर्दा माहाविर पुनकाे अाबिष्कार केन्द्रकाे झल्काे दिएको विद्यालय व्यवस्थापन समिति का अध्यक्ष दानबहादुर श्रेष्ठले बताउनु भयो ।

विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद बरालले विद्यार्थी काे नविनतम ज्ञान विकासका लागि जतिसुकै लगानी गर्न पनि विद्यालय प्रशासन तयार रहेको बताउनु भयो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्