काठ्माण्डौं ।
प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अशोक सिंहले आज बुधवार आफ्नो पदबाट राजीनामा दिएका छन् । सिंहले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिएका छन । उनी अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत रहेका छन् ।
सिंहको जन्म मितिको विवादित विषय भर्खरै सार्वजनिक भएको थियो । त्यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्यही विषयमा उनले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन ।
प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर सिंहले राजीनामा दिएको उल्लेख रहेको बताएका छन् । प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको छ ।