राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण पत्र
  • प्रमुख खबर

कीर्तिपुर क्रिकेट मैदानमा २०७९ फागुन २ गते देखि ९ गते  सम्म भएको  आईसीसी पुरुष क्रिकेट विश्वकप  लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरी लगातार चार खेलमा चारै जित हासिल गर्दै नयाँ इतिहास रच्न सफल भएका छन् ।

खेलाडीहरुले गरेको मेहनतको उच्च सम्मान गर्नु सबै नेपालीको कर्तव्य हो । यही क्रममा नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टिमलाई धन्यवाद तथा बधाई ज्ञापनका लागि आमन्त्रण गर्नु भएको थियो ।

नेपाल किर्केट संघले राष्ट्रिय टिममा समावेश गरी खेलाईएका  खेलाडी सन्दिप लामिछाने संग राष्ट्रिय खेलकुद परिषदका संरक्षक प्रधानमन्त्रीज्यूले हात मिलाएको बिषयलाई अतिरन्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दिपलाई मात्र प्रधानमन्त्रीज्यूले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरि भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ । क्रिकेटमा ऐतिहासिक सफलता पाएको टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरि भएको प्रचार प्रति खेलकुद परिषद दुःख व्यक्त गर्दछ ।

नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीज्यूको सदासयता प्रति  राष्ट्रिय खेलकुद परिषद् आभार व्यक्त गर्दछ ।  साथै खेलकुद र खेलाडीको प्रर्वद्धन र विकासका लागि सदाझै सबै पक्षको सकारात्मक सहभागिताका लागि अनुरोध गरेको ध्यानआकषण पत्रमा जनाईएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्