फाल्गुन २६, पोखरा ।।
लिःल फड घले समाज गण्डकी प्रदेशको समन्वय गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक महिने घले भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अथिती प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का (बिखर्ची)रहनु भएको थियो । खड्काले भाषा भनेको आमा जस्तै हो । भाषा भएन भने जातिताको अस्तित्व नहुने बताउदै मातृ भाषा नजाने संसारको अरु कुनै भाषा सिकेर जातिय पहिचान नहुने बताउनु भयो साथै घले भाषा गण्डकी प्रदेश भरी नै सन्चालनमा जोड दिनु पर्ने सबै जिल्लाहरुमा भाषा प्रशिक्षण सन्चालन गर्न प्रज्ञा प्रतिष्ठनाले सहयोग गर्ने प्रतिवद्धता व्यत्त गर्दै भाषा प्रशिक्षण सन्चालन गर्न घले समाजलाई आग्रह गर्नु भयो थियो ।
त्यसै गरी विशेष अथिती प्रज्ञा प्रतिष्ठानका भाषाविद् कृष्ण प्रसाद पौडेलले भाषा भनेको जातित्वको पहिचान हो । पहिचान संरक्षण सम्वद्र्धनमा लाग्नु भएकोमा घले समाजलाई धन्यबाद दिनुकाे साथै भाषा प्रशिक्षणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यत्त गर्नु भएको थियो । विशेष अथिती लिःल फड घले समाज केन्द्रिय सदस्य गणेश घलेले एक महिने घले भाषा प्रशिक्षण दिएर सहयोग गर्नु भएकोमा प्रज्ञा प्रतिष्ठानलाई धन्यबाद ब्यक्त गर्नु भयो । साथै प्रशिक्षार्थीहरुलाई सिकेर मात्र सिमित नभई आफ्नो घरमा पनि बोलीचालीमा पनि प्रयोग गर्नु पर्ने बताउनु भयो ।
लिःल फड घले समाज गण्डकी प्रदेशका अध्यक्ष मिन बहादुर घलेको अध्यक्षतामा भएको एक महिने भाषा प्रशिक्षण कार्यक्रममा ४० जना सहभागीता रहेको र सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रमको प्रशिक्षण आशराम घलेले गर्नु भएको थियो । भने कार्यक्रम संचालन लिःल फड घले समाज कास्कीका सचिब तिल प्रसाद घलेले गर्नु भएको थियो ।