गण्डकीका कानुन मन्त्रीद्धारा अहिलेको सरकार “दुलही भएर आउने तर दुरान फर्काउन नपाउने जस्तै भएको जिकिर
  • प्रमुख खबर

पोखरा ।

अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा अनलाइन पत्रकारिता तालिम शनिबार (आज)देखि पोखरामा सुरु भएको छ । विशेषगरी पोखराका अनलाइन पत्रकारका लागि उक्त आजबाट सोमबारसम्मका लागि उक्त तालिम सुरु गरिएको हो ।

३ दिनसम्म सञ्चालन हुने यस तालिमको उद्घाटन गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहा थापाले गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गाहामगरले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार निकासको बाटो खोजेको र यसका लागि अन्य राजनीतिक दलहरुसँग परामर्श भईरहेको बताएका छन् ।

उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउँदै सरकारबाट बाहिरिदा आफुहरुले तयार पारेको योजनाहरुमा प्रभाव पर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो कार्यकाल “दुलही भएर आउने तर दुरान फर्काउन नपाउने”े जस्तै भएको बताए । जसले गर्दा आफुहरुले अध्ययन गरेर तयार पारेको योजनाहरुमा यस किसिमको राजनीतिक अस्थितले प्रभाव पार्ने देखिएको जानकारी दिएका छन् ।

यससँगै उनले आफ्नो केही समयको कार्यकालमा बधाइ र विदाइसँगसँगै जसो हुन लागेको बताए । मन्त्री गाहामगरले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारलाई अधिकार सुनिश्चित गराउनका लागि आफूले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताए । उनले हुने खानेको मात्र समाचार नआइ जहाँ विकट छ त्यहाँ पत्रकारको आँखा जानुपर्ने बताए ।

पोखराको साइमन पार्टी प्यालेसमा सञ्चालित तालिममा अनलाइन पत्रकार संघ गण्डकीका सदस्य एवं अनलाइन पत्रकारिता गरिरहेकाहरु सहभागी रहेको संघका अध्यक्ष गणेश बरालले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्