पाेखरा ।।
एटिएम तोडफोड गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको सिद्दलेख गाउँपालिका ३ घर भई पोखरा ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन् ।
मंगलबार बिहान करिब साढे २ बजे पोखरा ५ जिरोकिमीमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी नगद चोरी गर्न लागेकाे अवस्थामा ति युवकलाई कास्की प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेका उनीविरुद्ध चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।