मर्मतका लागि पोखरा उडेको जहाजमा सबै साैर्यका इन्जिनियर तथा प्राविधिकहरु मात्र
  • प्रमुख खबर

पाेखरा ।।

क्रु मेम्बर र सिनियर पाइलट सहित १९ जना सवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ ।

उनीहरु सबै सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जहाजमा सवार १९ जना मध्ये १५ जनाकाे मृत्यु भएको छ भने ४ जना घाईतेकाे उद्धार गरिएकाे छ ।

साे जहाज आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको थियाे । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको थियाे।

तपाईको प्रतिक्रिया दिनुहोस्