प्रधानमन्त्री अाेलीद्वारा डाकियाे मन्त्रिपरिषद्को आकस्मिक बैठक
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाएका छन् ।

काठ्माण्डाैंबाट पाेखराका लागि उडेकाे सौर्य एयरलाइन्सको जहाज अाज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा दुर्घटना भएको थियाे ।

साेही विमान दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले अाकस्मिक बैठक बैठक बाेलाएकाे स्राेतले जनाएको छ।

स्राेतका अनुसार मन्त्रिपरिषद् बैठकले दुर्घटनाबारे छानबिन समिति बनाउने र उद्धार तथा राहतबारे निर्णय लिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्