काठ्माण्डाैं ।।
त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ ।
हराएको बस र यात्रु खाेज्न साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोलीले कुनै पनि वस्तु पत्ता लगाउन नसकेपछि आज फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
असार २८ गते बिहान मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलतालमा अाएकाे पहिराेमा दुई वटा बससँगै ६२ जना यात्रु त्रिशूलीमा हराएका थिए ।
उक्त घटना घटेकाे साेही दिनबाट नै खोजी कार्य जारी रहेकाेका अहिलेसम्म बसमा रहेका यात्रुमध्ये १९ जनाको मात्रै शव भेटिएको छ ।
खोजीमा सोनार क्यामेरा, चुम्बक र अन्य उपकरण प्रयोग गरिएको छ । हिजो मात्र ४० किलोको चुम्बक पानीमा खसालेर खोजी भइरहेकोमा १९ किलोको चुम्बक नै हराएको पनि खाेजी कार्यमा संलग्न प्रहरीले जनाएको छ।