पाेखरा ।।
पोखरा-३ तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको
पश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको छ । अाज विहान ११ बजे अचानक विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट कुनै मानवीय क्षति नभएपनि कपास उद्योगको मेसिन, कपास तथा अन्य सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आगलागीलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कास्कीबाट २५ जना र वडा प्रहरी कार्यालय बगरबाट १७ जनाको टोली खटिएका थिए ।
उद्योगमा भएको अागलागीबाट करीब २२ लाख रुपैयाँको क्षती पुगेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।