पाेखरा ।।
पाेखराकाे १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषाकाे पढाइ हुने भएको छ ।
पोखरा महानगरपालिकाले पाेखराका १० वटा सामुदायिक
विद्यालयमा चिनियाँ भाषा पढाउने भएको हाे ।
आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिका बीच पोखराका विद्यालयमा नि:शुल्क चिनियाँ भाषा पढाउने गरी सम्झौता भएको हो ।
पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी सम्झौता भएको हो ।
सम्झौता अनुसार पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेमजामा निशुल्क चिनियाँ भाषा पढाइ हुनेछ ।
त्यस्तै, विष्णु पादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा भदौ २७ गतेदेखि निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन हुने महानगरले जनाएको छ ।
महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चिनियाँ भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन् ।
चिनियाँ भाषा पढाउन १० जना चिनियाँ स्वयंसेवक शिक्षकहरु पोखरा आइपुगिसकेको समेत महानगरले जानकारी दिएको छ ।










