सरकारले जलन उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
सरकारले जलन उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार जलन उपचारका लागि एक लाख रुपैयाँ अार्थिक सहयाेग गर्ने घोषणा गरेका हुन् ।

सरकारले क्यान्सर, मृगौलालगायतका रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएकोमा अब जलनका बिरामीका लागि पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलले प्रतिवद्धता जनाएका छन् ।

वीर अस्पतालमा रहेकाे डा. केडी जोशी जलन उपचार केन्द्रको आज शुभारम्भ गर्दै उनले यस्ताे प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री पौडेलले उपचारको अभावमा जलनमा परेकाले ज्यान गुमाउनुपर्ने अवस्था रहेकामा सरकारले उपचारका लागि केन्द्र स्थापना गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्