पोखरा ।।
दर्शन सहकारी बचत तथा ऋण संस्था लिमिटेडकाे १४ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ०८०/०८१ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि र लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास समेत गरेकाे छ ।
साे साधारण सभामा नेपाल ठकुरी संगम परिवार कास्कीका प्रमुख सल्लाहकार डा. बिरेन्द्र हमालले पछिल्लो समय केही सहकारीका कारण बचतकर्ताहरुमा सहकारीप्रति केही अविश्वास सृजना भएको यस परिस्थितिमा यस सहकारीले गौरव लाग्दो ढंगबाट बचतकर्ताकाे मन जित्ने तवरले काम गरेर उत्कृष्ट सहकारीकाे रुपमा सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई अनुशासित भएर आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरेका छन् ।
हमालले सहकारीलाई सक्षम बनाउन सञ्चित कोष रकम बढि जम्मा गर्नु पर्ने बताउँदै सहकारीलाई राज्यले समेत महत्वपूर्ण रुपमा लिएकाे हुँदा यसलाई सकारात्मक रुपमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
ठकुरी महासघंका केन्द्रिय अध्यक्ष तथा दर्शन सहकारीका संस्थापक अध्यक्ष खिम बहादुर शाहिले ठकुरी समुदायको छरिएर रहेको पुँजिलाई एकिकृत गर्दै लैजाने उदेश्यले सहकारीको स्थापना गरेकाे बताउँदै यसले आर्थिक जागरण ल्याउने काम गरेको पनि बताएका छन् ।
कार्यक्रममा ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चैले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस बदमासी गरेको हुनाले सदस्यहरुले विश्वासिलो सहकारी संस्थालाई
छानेर मात्र कारोबार गर्नुपर्ने बताए ।
उनले प्रतेक सहकारीका शेयर सदस्यहरुले अाफ्नाे संस्थाकाे बारेमा राम्राेसँग जानकारी लिनुपर्ने पनि बताए ।
कार्यक्रममा सहकारीका शेयर सदस्य पुतलीबजार प्रज्ञाप्रतिष्ठानका उपकुलपति दुर्गा शाह (बाबा), यस वर्षकाे कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका शेयर सदस्यका छोराछोरीहरु उत्सल खाँण , एन्जल मल्ल , सम्पुर्ण सिंह ठकुरी, स्वस्तिका शाहीलाई साे कार्यक्रममा सम्मान गरेका थिए ।
त्यस्तै अमेरिकाको र्फन्टिएर नर्सिङ विश्वविद्यालयबाट नर्सिङमा मास्टर गर्न अनु मल्ल, पोखरा चाईल्ड स्टार सिजन २ मा फस्ट रनरअपकाे उपाधि चुम्न सफल ईन्दु सेन र सेकेन्ड रनरअप नज्योशा सिंह ठकुरी, जेष्ठ शेयर सदस्यहरु नन्द बहादुर मल्ल , गंगा बहादुर खाँण, दुर्गा कुमारी शाही , असल सहकारी अभ्यासकर्ता धनबिक्रम शाही, तुलसी कुमारी मल्ल, खिम बहादुर शाही लगायतलाई समेत सम्मान गरेका थिए ।
दर्शन सहकारी संस्थाका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लक्ष्मण मल्लले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव ज्योती हमालले गरेका थिए ।