काठ्माण्डाैं ।।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् ।
आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका हुन् ।
अाफुहरुलाई करार बनाउने प्रक्रिया अगाडि बढाउन उनीहरले माग गरेका छन् ।
आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बूका अनुसार विगत १९ वर्षदेखि आफूहरू आंशिक शिक्षकको रूपमा विश्वविद्यालयमा अध्यापन गराउँदै आएकोमा आंशिकसँग गरिएको सहमति अनुसार साउन २३ गते बसेको कार्यकारी परिषद् बैठकले रिक्त दरबन्दीमा करार सेवाको शिक्षक सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउन तीन सदस्यीय स्थलगत अध्ययन कार्यटोली गठन गर्ने निर्णय गरिएको थियो ।
सोही कार्यदलको प्रतिवेदनका आधारमा शिक्षक सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पस/केन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरिएको थियो ।
तर, हालसम्म पनि कुनै किसिमकाे प्रक्रिया अगाडि नबढाएको भन्दै अध्यक्ष लिम्बूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका
हुन् ।