पाेखरा ।।
अाज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रमकाे अायाेजना गरि मनाइएकाे छ । यसै अवसरमा
जागरुक युवा अभियान नेपाललेे एक कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले याे दिवस मनाउँदै छन् । आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस अाज आयोजना गरी मनाइँदै छ ।
नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
अाज दिवसकाे अवसर पारेर धेरैले सामाजिक सञ्जालमा राष्ट्रिय पोशाक लगाएको तस्बिर पोष्ट गरेका छन् । यस दिवसका कारणले पनि नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ ।
औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् ।