शिक्षा क्षेत्र सुधारकाे माग गर्दै आन्दोलनरत नेत्र चापागाईंले गरे आन्दोलन स्थगित
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
शिक्षा क्षेत्र सुधारकाे माग गर्दै सरकारलाई दबाब दिने उद्देश्य सहित काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।

उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष हुन् ।

शिक्षामन्त्री विद्या भट्टराईले आज माइतीघर पुगेर माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईले आन्दोलन स्थगित गरेका हुन् ।

उनले संघीय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने लगायतका १५ बुँदे माग राखेर पुष ९ गते पाेखराबाट आन्दोलनको सुरुवात गरेका थिए ।

उनले पोखरा हुँदै प्रत्येक प्रदेशको सदरमुकाममा २ दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उभिएर आफ्ना माग सम्बोधनका लागि ध्यानाकर्षण गराएका थिए ।

यसरी शैक्षिक क्षेत्र सुधारको मागसहित सुरु गरेकाे आन्दोलन अन्य प्रदेशमा सकेर उनी काठ्माण्डाैं आएका थिए ।

काठमाडौंमा उनी उभिन थालेको आज आठौं दिन थियाे । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर पनि आन्दोलनलाई निरन्तरता दिएका थिए । तर शिक्षामन्त्री भट्टराईले चापागाईंलाई भेटेर प्रतिबद्धता जनाएपछि अान्दोलन स्थगित गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्