काठ्माण्डाैं ।।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण विरुद्ध नेपाल बार एशाेसिएसनले घाेर भर्त्सना गरेकाे छ । बिहिबार एशाेसिएसनले विज्ञप्ति जारी गर्दै उक्त घटनाकाे भर्त्सना गरेकाे हाे ।
बुधवार सहकारी ठगी प्रकरणमा थुनछेक बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।
सो साङ्घातिक हमलाप्रति बारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जारी विज्ञप्तिमा,” न्यायिक निरुपणकाे सन्दर्भमा न्यायलय भित्रै कानुन व्यवसाय माथि हुने यस्ता घटनाले स्वतन्त्र न्यायपालिकाकाे उपहास गर्नुका साथै पेशागत सुरक्षा माथि गम्भीर चुनाैती देखिएकाे” भनिएकाे छ ।