जिल्ला अदालत कास्कीको अादेशविरुद्व रास्वपाका सभापति लामिछानेले पेस गरेकाे निवेदन दर्ता
  • प्रमुख खबर

पाेखरा ।।
कास्की जिल्ला अदालतको निर्णय विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेले उच्च अदालत पाेखरामा निवेदन पेस गरेका छन् ।

उनले पेस गरेकाे निवेदन उच्चले दर्ता गरेका छन् ।कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६० लाख धरौटी माग गरेकोमा चित्त बुझेकाेले उच्चमा उनले सोमबार निवेदन दिएका हुन् ।

उनले उक्त बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनि दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्