शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्वस्थ भएकी छन्। स्वास्थ्य समस्याका कारण उनले आजका कार्यक्रम तथा बैठकहरूमा उपस्थित हुन नसक्ने जानकारी सामाजिक सञ्जालमार्फत गराएकी छन्।
मन्त्री भट्टराई अहिले चिकित्सकको सल्लाहअनुसार निवासमै आराम गरिरहेकी छिन् भनेर सचिवालयले जनाएको छ।