आज १४ औं विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदै
  • प्रमुख खबर

पाेखरा ।।
आज १३ फेब्रुअरी अर्थात १४ औं विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि पहिलो पटक औपचारिक रूपमा विश्व रेडियो दिवस मनाइएकाे थियाे ।

यो दिवसले सूचना, शिक्षा, संवाद, उत्प्रेरणा, मनोरन्जन र सम्वादको माध्यमको रूपमा विश्वभरि प्रभावकारी ढंगले कार्य गर्ने रेडियोको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्दछ ।

यस्तै रेडियोले संकटको समयमा सूचना प्रदान गर्ने, विविध समुदायहरूलाई जोड्ने र मिडिया स्वतन्त्रतालाई बढावा दिने काम गर्दछ। यो वर्ष अर्थात सन् २०२५ को मूल नारा भनेकाे नै “रेडियो र जलवायु परिवर्तन (Radio and Climate Change)” रहेको छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस विशेष रुपमा मनाइँदैछ ।

यसले रेडियोको माध्यमबाट जलवायु परिवर्तनका विषयमा जनचेतना बढाउने, वातावरणीय स्थिरताको लागि बहस गर्ने र दिगो जीवनशैलीलाई प्रवर्द्धन गर्ने महत्त्वलाई उजागर गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्