काठ्माण्डाैं ।।
चैत ७ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको एसइईको सम्पूर्ण तयारी पूरा भएको जनाएको हाे ।
बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ ।
गतवर्ष २०८० को एसइई परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी थिए भने यसवर्ष ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् ।
अघिल्लो वर्षकाे भन्दा याे संख्या ४९ हजार २ सय ८६ ले वृद्धि भएको हाे ।कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
त्यस्तै १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक निरीक्षक खटिने कार्यालयले जनाएकाे छ ।
यस्तै परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने समेत जनाइएको छ ।
यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।