पिएनमा राेकिएकाे निर्वाचन गर्न पार्टीका नेताहरु सहमत अब विद्यार्थीसँग वार्ता हुने
  • प्रमुख खबर

smart

पाेखरा ।।
समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं) को चिह्न लगाउने कोष्ठ छुटे पछि विवादका कारण मंगलबार
पृथ्वीनारायण क्याम्पस(पिएन)मा लागेकाे ताला लागेकाे थियाे ।

उक्त तालाबन्दीका कारण पिएनमा राेकिएकाे स्ववियु निर्वाचन गर्न पार्टीका नेताहरु सहमत भएका छन् ।

स्राेतका अनुसार नेताहरुले क्याम्पस प्रशासन र निर्वाचन समितिसँग बुधबार(अाज)भएकाे वार्तामा चुनाव गर्नैपर्ने सहमति जनाएका हुन् ।

नेताहरुसँग भएको वार्तापछि अहिले विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग वार्ता सुरु भएको समेत स्राेतले बताएको छ ।

वार्तामा सहमति जुटे यही शुक्रबारभित्र चुनाव गर्ने योजना रहेको छ । चुनाव हुने वातावरण नभए निर्वाचन समितिले राजीनामा दिनसक्ने सम्भावना समेत रहेको छ ।

तर आज विद्यार्थीसँग हुने वार्ताले एउटा निचोड निकाल्ने पनि स्राेतले बताएको छ । यद्यपि आजपनि मिति तय नभए पिएनमा चुनाव हुने वातावरण टरेर जाने आंकलन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्