पृथ्वीनारायण क्याम्पसमा राेकिएकाे निर्वाचन अब चैत १० हुने
  • प्रमुख खबर

smart

पाेखरा ।।
समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं) को चिह्न लगाउने कोष्ठ छुटे पछि विवादका कारण पृथ्वीनारायण क्याम्पस(पिएन)मा राेकिएकाे मतदान पून:हने भएको छ ।

उक्त क्याम्पसमा स्ववियु निर्वाचन चैत १० गते हुने तय भएकाे छ । निर्वाचन समिति संयाेजक प्राडा रामचन्द्र पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त राेकिएकाे निर्वाचन १० गते बिहान ८ बजेबाट दिउँसो ४ बजे सम्म क्याम्पस परिसरभित्र हुने छन् ।

निर्वाचनको तयारीका लागि सर्वपक्षीय बैठकले यस मिति तय गरेको उनले बताए । निर्वाचनका लागि २०८१ सालको चैत ७ गते राति १२ बजेदेखि मौन अवधि लागू हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्