पृथ्वीनारायण क्याम्पसकाे मतगणना सुरु अहिलेसम्म जम्मा दुई सय मात्र गणना
  • प्रमुख खबर

smart

पाेखरा।।

पृथ्वीनारायण (पिएन) क्याम्पस पाेखरामा आइतबार
(हिजाे) सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मतगणना सुरु भएको छ ।

कुल ९ हजार २ सय ७० मतदाता रहेकाे उक्त क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ मत मात्र खसेकाे थियाे ।

साेमबार (आज) विहान ९ बजेबाट शुरु भएको मतगणना अनुसार अहिलेसम्म जम्मा २ सय मत गणना भएको छ ।

२ सय मत गणना हुदाँ अध्यक्ष पदमा अनेरास्ववियुका विष्णु पोखरेलले ८७ मत प्राप्त गरेका छन् । नेविसंघका सुशील न्यौपानेले ३८, स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४ र अखिल क्रान्तिकारीका नवीन अधिकारीले १७ मत प्राप्त गरेका छन् ।

यस्तै संयुक्त प्यानलका तर्फबाट सन्तोष पौडेलले १२ र प्राज्ञिक परिषद्का उम्मेदवार दिप्सन गुरूङले ४ मत प्राप्त गरेका छन्।

अध्यक्षका अर्का स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९ मत ल्याएका छन् । पिएनमा पहिलाे पटक गत चैत ५ र दाेस्राे पटक चैत ६ गते गरेर दुई पटक स्थगित भएको निर्वाचन हिजाे सभ्य रुपमा सम्पन्न भएको थियाे ।

१६ वर्षपछि भएको पिएनकाे क्याम्पसमा अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएर निर्वाचनमा हाेमिएका थिए ।

अध्यक्षमा अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्