सरकारले गर्याे प्राधिकरणकाे कार्यकारी निर्देशकबाट कुलमानलाई बर्खास्त
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बर्खास्त भएको छ । साेमबार(अाज)
साँझ बसेकाे मन्त्रिपरिषद बैठकले घिसिङलाई उक्त पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

विशेषगरी उद्योगीहरुले तिर्नुपर्ने बिजुलीको करोडौं बक्यौता रकम उठाउन खोज्दा घिसिङविरुद्ध केपी शर्मा ओली नेतृत्वकाे सरकारले सुरुदेखि नै उनलाई हटाउन खाेजिरहेकाे थियाे ।

यससँगै उनले भारतसँग मूल्य बढाएर विद्युत् खरिद सम्झौता गरेको लगायतका ४ चार बुँदे आरोप लगाउँदै अहिलेकाे वर्तमान सरकारले उनलाई ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो ।

यस्तै मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत उनलाई ७२ घण्टे स्पष्टीकरण समेत सोधिएको थियो । तर चित्त बुझ्दाे जवाफ नअाएपछि उनलाई हटाइएकाे हाे ।

त्यस्तै आज बसेकाे मन्त्रीपरिषद् बैठले घिसिङकाे बर्खास्तीसँगै रिक्त भएको प्राधिकरणकाे कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेका छन् ।

यसअघि पनि शाक्य प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका पात्र हुन् । तर सरकारले पछि उनलाई हटाएर घिसिङलाई नै प्राधिकरणकाे कार्यकारी निर्देशक बनाएको थियो ।

शाक्यकाे लागि सबैभन्दा चुनाैतीकाे विषय भनेकाे नै घिसिङले पदमा रहँदा हिउँदयाममा विद्युत आपूर्ति कम हुँदा उद्योगहरुमा रातकाे समय विद्युत आपूर्ति घटाएर सर्वसाधारणलाई लोडसेडिङकाे समस्याबाट जोगाएकाे कार्यलाई निरन्तरता दिनु रहेकाे छ । तर यता, पछिल्लो समय उर्जामन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्