पोखरा जेसीजको प्रथम अभ्यास तालिम सत्र सम्पन्न
  • संजय थापा

पोखरा ।।

पोखरा जेसीसले शनिबारका दिन प्रथम अभ्यास तालिम सत्र सम्पन्न गरेको छ । कार्यक्रममा जेसीज आस्थापाठ पोखरा जेसीजका सदस्य जेसी  भुबन ठकुराडि राखे भने स्वागत मन्तव्य पोखरा जेसीजका सदस्य जेसी बिनय सुबेदिले राखेका थिए । कार्यक्रम पोखरा जेसीजको सचिवालय ,पोखरा–११, पुरानोधारामा भएको महासचिव जेसी रविन पौडेलले जानकारी दिए ।

तालिम सत्रमा प्रशिक्षकको रुपमा पोखरा जेसीज बर्ष २०२५ का अध्यक्ष सल्लाहकार जेसी अनन्त प्रधानाङ्गले “How To Master Time Management” र  तालिम आयुक्त जेसी बिजय बरालले  “From Vision to reality:Get, Set Goals”  बिषयमा तालिम सन्चालन गरेका थिए । पोखरा जेसीजले अभ्यास तालिम सत्र मार्फत अभ्यास र तालिममा निखारता ल्याउदै सदस्यहरूलाई दक्ष प्रशिक्षकको रुपमा बिकास गर्ने उद्धेश्यले तालिम सत्र सन्चालन गर्दै आएको हो । तालिम सत्रमा सहभागिको तर्फ बाट  नब प्रबेशि सदस्य नारायण लामिछाने र एकराज बरालले तालिम सत्रमा यस कार्यक्रम  निकै उपयोगी भएको र व्यवहारमा उतार्नु पर्ने बताए । भने आयुक्त जेसी बिजय बरालले सम्पुर्णलाई धन्यबाद  ज्ञापन सहित आफ्नो मन्तव्य राखे ।

तालिम लिदै गरेको दृश्य –

तालिम सत्रमा पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी कपिल पौडेल, महासचिव जेसी रविन पौडेल, बोर्ड सल्लाहकार जेसी कमल पराजुली , अनुगमन सभापती जेसी तिलक लामिछाने , व्यक्तिगत वृदि अबसरका क्षेत्रका  उपाध्यक्ष जेसी सुजन पोख्रेल लगायत बोर्ड सदस्य,साधारण सदस्य सहितको बाक्लो उपस्थिति रहेको थियो । अभ्यास तालिम सत्र पोखरा जेसीजका तालिम आयुक्त जेसी बिजय बरालको सभाध्यक्षमा भएको कार्यक्रमको सन्चालन अभ्यास तालिम संयोजक जेसी पबित्रा अधिकारी गरेकी थिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्