काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अबको बहसको मूल विषय प्रविधि, विशेष गरी सूचना प्रविधिमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले विगतमा समाप्त भइसकेको राजतन्त्रको विषय उठाएर समय खेर फाल्न नहुने बताए। उनका अनुसार, “२०८०—०९० दशक अब प्रविधिमा छलाङ मार्ने समय हो, विगतको थोत्रो र अस्वीकार्य व्यवस्थाको चर्चा गरेर अघि बढ्न सकिँदैन।”
थापाले प्रस्ट पारे, “हामीले अब छलफल गर्नुपर्ने विषय भनेको कसरी हाम्रो सूचना प्रविधिका विज्ञहरूलाई पाँच गुणा योग्य बनाउने, उनीहरूको तलब तीन गुणा बढाउने, र समग्र आईटी पूर्वाधारलाई बलियो बनाउने भन्ने हो।”
उनले थपे, “राजनीतिक बहसको प्राथमिकतामा अब प्रविधि, रोजगारी, र आर्थिक रूपान्तरण हुनुपर्छ, न कि इतिहासमा फर्किने प्रयत्न।”















