तीनकुने प्रदर्शनमा संलग्न रहेकाे आराेपमा एनी कुँवर पक्राउ
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

काठमाडौँको तीनकुनेमा चैत १५ गते राजावादी समूहद्वारा आयोजित प्रर्दशनमा संलग्न रहेकाे आराेपमा एनी कुँवर पक्राउ परेकी छन् ।

एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको शव भेटिएको भवनबाट एनी कुँवर तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेकाे थियाे ।

थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनलाई साेमबार(आज)प्रकाउ गरेकाे हाे ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीका अनुसार पत्रकार रजककाे मृत्यु भएको समयमा उनी साेही भवनकाे सिढिबाट तल झर्दै गएकाे भिडियो सार्वजनिक भएकोले थप साेधपुछ र अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

पक्राउ परेका कुँवरलाई निजी सम्पत्तिमा अनाधिकृत प्रवेश गरेको आरोप पनि लगाइएको छ।

चैत १५ गतेकाे भएको साे प्रदर्शन अचानक हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियाे भने झण्डै २० जना प्रदर्शनकारी घाइते समेत भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्