काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभामा उनले लगानीमैत्री वातावरण बनाउँदै निजी क्षेत्रका सुझावलाई सरकार गम्भीरतापूर्वक लिँदै आएको उल्लेख गरे।
ओलीले नीतिगत सुधार, कानुनी स्थायित्व र पारदर्शिताका माध्यमबाट स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास बढेको बताए।
उनले एनडीपीएलजस्ता पहलले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउने धारणा राख्दै स्वदेशी उत्पादनको प्रयोग र प्रविधि हस्तान्तरणमा जोड दिए।
“सजिलो बाटो होइन, सहकार्य र मेहनतले मात्र देश समृद्ध हुन्छ,” प्रधानमन्त्री ओलीले भने।










