पोखरा जेसीजको दोस्रो शुक्रबारसरीय प्रवचनमाला कार्यक्रम सम्पन्न
  • संजय थापा

पोखरा ।।
पोखरा जेसीजले वर्ष २०२५ को दोस्रो शुक्रबासरीय प्रवचनमाला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापती सुरेन्द्र गुरुङ रहेका थिए । गुरुङले युवाहरुले नेतृत्व लिन अग्रसर भएर लाग्नुपर्ने, आफू लागेको संस्थामा निरन्तर रुपमा लागी पर्नाले नेतृत्वमा पुग्न सक्ने, युवाहरु देश विकासमा सक्रिय भएर लाग्नुपर्ने र पोखरा जेसीजसँग सहकार्य गरी आगामी दिनमा युवा लक्षित कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा जेसीज आस्थापाठ कोष वृद्वि सभापति जेसी संजय कोइराला गरे । भने स्वागत मन्तव्य सदस्य जेसी तिलक बराल मगरले राखेका थिए ।

सन् १९७५ मा स्थापना भई युवाको व्यक्तित्व र नेतृत्व विकासका क्षेत्रमा निरन्तर कार्य गर्दै समाजलाई कुशल नेतृत्व प्रदान गर्दै आइरहेको पोखरा जेसीजले आफ्ना सदस्यहरुको वाककलामा निखारता ल्याउनका लागि सन् १९८४ देखि शुक्रबासरीय प्रवचनमाला कार्यक्रम गर्दै आएको छ ।

हरेक वर्ष अध्यक्षीय प्रकरणमा रहेर संचालन गरिने शुक्रबासरीय प्रवचनमाला कार्यक्रम यस वर्षका अध्यक्षको प्रकरण “नेतृत्व र प्रेरणाका लागि युवा सशक्तिकरण” (Empowering youth to lead and inspire) मा पोखरा जेसीज वर्ष २०२५ का सचिव जेसी संजय पौडेल, उपाध्यक्ष जेसी सुजन पोख्रेल, वृद्वि सभापति जेसी राजकुमार गुरुङ, संञ्चार सम्पर्क अधिकारी जेसी नवराज पौडेल, फेलोसिप संयोजक जेसी नारायण प्रसाद बास्तोला र निर्देशक जेसी सरोज पौडेलले वक्ताको रुपमा आफ्नो वाककला प्रस्तुत गरेको कार्यक्रम जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भाईराज रानामगरको अध्यक्षतामा भएको थियो । भने कार्यक्रम संचालन शुक्रबासरीय प्रवचनमाला कार्यक्रम संयोजक जेसी मिना कुमारी थापाले गरेकी थिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्