काठ्माण्डाैं ।।
चैत २० गतेबाट सुरु भएको शिक्षक आन्दोलन आज पनि जारी रहेकाे छ ।
शिक्षा ऐन लागू गर्नुपर्ने माग गर्दै शिक्षकहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका हुन् ।
प्रतेक दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज भने बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् ।
विशेषगरी राप्रपाको प्रदर्शनलाई लक्षित गरी अाज भने बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् ।