काठ्माण्डाैं ।।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूलाई सरकारले वार्तामा बाेलाएका छन् ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दाेलनरत शिक्षकहरुलाई वार्तामा बाेलाएका हुन् । मन्त्री पन्तले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेका हुन्।
उक्त जारी विज्ञप्तिमा, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु, भनिएकाे छ ।
शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् भने सर्वोच्च अदालतले पनि शिक्षकहरूका माग सम्बोधन गरी तीन दिनभित्र शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ।