२६ दिनदेखि आन्दोलनरत शिक्षकहरुकाे प्रदर्शनमा झडप, ६३ जना घाइते
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै विगत २६ दिनदेखि आन्दोलनरत शिक्षकहरुकाे प्रदर्शनमा झडप भएको छ ।

शिक्षकहरु र प्रहरीबीच आइतबार(आज) भएको झडपमा मा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् ।

घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ ।

यस्तै उक्त आन्दोलनमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की समेत घाइते भएकी छन् । स्राेतका अनुसार उनकाे आँखामा गम्भीर चोट लागेको छ । उनकाे अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेकाे छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार शान्तिपुर्ण शैक्षिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्द शिक्षाकर्मीमाथी लाठ्ठी प्रहार गर्दा झडप भएको आराेप लगाएका छन् ।

तर यता, प्रहरीले भने आन्दाेनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको बताएकाे छ । प्रहरीको तर्फबाट लाठी र पानीको फोहोरा प्रहार भएपछि शिक्षकहरूले ढुंगा प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्