काठ्माण्डौ ।।
तीनकुनेमा घटनामा पक्राउ परेका राजावादी समूहका ४० जनालाई थप १० दिन हिरासतमा राख्ने भएको छ।
काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि थप १० दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
उनीहरूले गएको चैत्र १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मानविय तथा भौतिक क्षति भएको थियो । सोही हिंसात्मक प्रदर्शनपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेका थिए ।
यस्तै यसअघि आइतबार रवीन्द्र मिश्रसहितका २५ जनालाई भने संगठित अपराध मुद्दामा ७ दिन म्याद थप गरेको थियो ।













