नेपाली विद्यार्थीको मृत्युबारे भारतस्थित नेपाली दूतावासले लियाे जानकारी
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

भारतको उडिसा राज्यस्थित किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारे त्यहाँको विश्वविद्यालयसँग
भारतस्थित नेपाली दूतावासले जानकारी लिएको छ ।

दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै किटका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफल गरिएको जानकारी दिएकाे छ ।

उक्त विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीय नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु भएको थियाे । त्यहाँको प्रहरीले उनकाे शव होस्टेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उक्त घटनाबारे जानकारी पाउँने बित्तिकै यहाँको दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरेकाे जारी विज्ञप्तिमा भनिएकाे छ ।

यस्तै दुतावासद्वारा जारी विज्ञप्तिमा घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान गर्न र शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न जोड पनि दिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्