आवासीय चिकित्सकलाई भत्ता नदिने मेडिकल कलेजलाई सुविधा नदिने स्वास्थ्य मन्त्री पौडेलकाे चेतावनी
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

आठौँ तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट कुनै पनि सुविधा नदिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चेतावनी दिएका छन् ।

चिकित्सकहरुकाे मागबारे शुक्रबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन् ।

गएकाे माघ २५ गते चिकित्सा शिक्षा आयोगको बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता स्वरूप स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह भत्ता दिने निर्णय गरेको र उक्त निर्णय अनिवार्य रूपमा मान्नुपर्ने उनले बताए ।

यदि निर्णय कार्यान्वयन नगर्ने हो भने राज्यसँगको सबै सम्बन्ध टुट्ने र परेकाे खण्डमा सम्बन्धन समेत खारेज हुन सक्ने मन्त्री पौडेलले स्पष्ट पारेका छन् ।

मन्त्रालयले हप्तामा ७२ घण्टा काम गर्ने, किरिया विदा र सरकारी विदाको व्यवस्था गर्न सकारात्मक रहेको पनि जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्