कक्षा १२ को परीक्षा आजदेखि सुरु
  • प्रमुख खबर

पोखरा ।।

कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ ।

यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो ।

आजदेखि सुरु भएको परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर परीक्षा हलमा मोबाइललगायतका सामाग्री लैजान नपाइने जनाएको हो । परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्