पोखरा/ श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएका छन्। करिब ७० यात्रु सवार उक्त बस कातारागामा तीर्थस्थलबाट कोटमाले हुँदै कुरुनेगालातर्फ जाँदै गर्दा पहाडी सडकबाट तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनास्थलमै १५ जनाको ज्यान गएको थियो भने थप ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनामा १४ जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई नजिकको अस्पतालमा उपचार गरिँदैछ। श्रीलंकाली प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।












