आज देशभर आंशिकदेखि साधारणतया बदली रहने
  • प्रमुख खबर

पोखरा ।।

आज  देशका धेरैजसो ठाउँमा पानी परेको छ । हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुँदै आएको छ । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।

औसतमा नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिन्छ भने अक्टोबर २ तारिखमा बाहिरिन्छ । मनसुन भित्रिने अवधि जेठ अन्तिमलाई आधारमान्दा अब २२/२३ दिन बाँकी छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका थोरै ठाउँमा र देशका बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली एक-दुई ठाउँमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना छ । आज राति पनि सबै प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्