तीनकुने हिंसा प्रकरणः दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्ने अनुमति
  • प्रमुख खबर

पोखरा/ काठमाडौं जिल्ला अदालतले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

गत चैत १५ गते राजावादी समूहद्वारा आयोजना गरिएको प्रदर्शन बेकाबु भएपछि हिंसा चर्किएको थियो। सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिहरू भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार, सोही दिनदेखि नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आपराधिक उपद्रव, संगठित अपराध तथा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। यसमध्ये २८ जनाविरुद्ध राज्यविरुद्धको आरोपमा अनुसन्धान अघि बढाइएको छ।

प्रदर्शनको दिन प्रसाईं आफैं निषेधित क्षेत्रतर्फ गाडी चलाएर गएको बताइएको छ, जसपछि भिड थप आक्रोशित भएको थियो। घटनापछि उनी भारततर्फ भागेका थिए भने पछिमात्र पक्राउ गरी काठमाडौं ल्याइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्