कन्या क्याम्पसका छात्राहरुलाई मन्टेश्वरी तालिम
  • प्रमुख खबर

पोखरा ।।
कन्या क्याम्पस पोखरामा अध्ययनरत छात्राहरुका लागि ३ महिने मन्टेश्वरी तालिमको उद्घाटन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवलाल मल्लले छात्राहरुलाई व्यावहारिक ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी तथा सांग्रिला बिकास बैंक गण्डकी प्रदेशका प्रदेश प्रमुख रेबन्त श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो महत्वपूर्ण सहयोग प्रदान गरेको बताउदै आगामी दिनहरुमा पनि सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

तालिमका प्राविधिक सहयोगी संस्था पोखरा मन्टेश्वरी तालिम केन्द्रका सञ्चालक तथा प्रमुख प्रशिक्षक कल्पना थापाले तालिम पूर्णरुपमा सम्पन्न गर्ने सहभागीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्याम्पस प्रमुख साथै यस कार्यक्रमका परिकल्पनाकार शुरेस कुमार मानन्धरले क्याम्पसको परीक्षाहरूमा उत्कृष्ट नतिजा प्राप्त भैरहेकोमा छात्राहरुलाई व्यावसायिक ज्ञानका साथ उद्यमशिलता प्रवद्र्धन गर्नका लागि पनि यस प्रकारको तालिमहरू आयोजना गरिरहेको बताए ।

पोखरा मन्टेश्वरीका संस्थापक एवं वरिष्ट प्रशिक्षक थिर बहादुर थापाले मन्टेश्वरीले बेला मौकामा स्कुलमा पनि यस्ता तालिमहरु संचालन गर्दै आएको र यसपटक कन्या क्याम्पसमा गर्न लागिएकोमा खुसी व्यक्त गरे ।

विश्व विद्यालय अनुदान आयोग र सांग्रिला विकास बैंकको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा २८ जना छात्राहरूको सहभागिता रहेको छ ।

उक्त तालिम उद्घाटन कार्यक्रममा प्राध्यापक संघका सभापति दिनानाथ अधिकारी, अभिभावक समितिका अध्यक्ष शिवराज पराजुली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमलाई सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्