प्रहरीद्धारा लेकसाइडका तीन स्पा सेन्टरबाट ८ बालिकाको उद्धार
  • प्रमुख खबर

पोखरा ।।
पोखराको लेकसाइडका तीन स्पा सेन्टरबाट ८ जना बालबालिकाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले स्पा सेन्टरमा कम उमेरका बालबालिकालाई काममा लगाएको भन्ने सूचनाको आधारमा उनीहरूको उद्धार गर्न सफल भएको हो।

अनुगमनका क्रममा प्रहरीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट दुई र ईभेन्डर ब्यूटी एण्ड स्पाबाट चार जना बालिकाको उद्धार गरेको हो ।

बाल श्रम ऐन, २०५६ विपरित जोखिम पूर्ण व्यवसायमा लगाएको पाइएकोले सो कार्यमा संलग्न स्पा सेन्टरहरुलाई आवश्यक कारबाहीको दायरामा ल्याएको प्रहरीको भनाई छ ।

उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्