पोखरा//
काठमाडौंको तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
बिहान करिब ३:४० बजे थानकोटबाट कलंकीतर्फ गइरहेको बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको बा प्र. ०२-०४२ प ९८२२ नम्बरको स्कुटरसँग जुधेको हो।
दुर्घटनामा चन्द्रागिरी नगरपालिका–४, थानकोटका ३४ वर्षीय रोशन ढकाल गम्भीर घाइते भए। उनलाई तत्काल उद्धार गरी शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा बिहान ४ बजे चिकित्सकले उनलाई मृत घोषित गरे।
स्कुटरमा सवार धादिङ धुनिवेशी नगरपालिका–९ का २५ वर्षीय विवेक केसी दुर्घटनामा घाइते भएका छन्। घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको जनाएको छ।











