पोखरा ।।
आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
आज उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा भएको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।











